रासायनिक मल (युरिया) नेपाल भित्रन शुरु
काठमाडौं । धानका लागि आवश्यक पर्ने रासायनिक मल, युरिया नेपाल भित्रन शुरु भएको छ ।
साल्ट ट्रेडिङ लिमिडेटमार्फत (युएई) बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै ल्याउन थालिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो ।
उक्त मल कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको मन्त्रालयले जनाएको छ ।
मंगलबार तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएकामा वीरगञ्जबाट दुई हजार ५०० मेट्रिक टन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको प्रवक्ता डा केसीले बताउनुभयो ।
उक्त मल प्रदेश १ बाहेक अन्य सबै प्रदेशमा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
बिहिबारदेखि मल नियमति आउने भएकाले अबको हप्ता दिनमा किसानले मल केही सहज रुपमा पाउने मज्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस वर्ष ९८ प्रतिशत रोपाइँ भएको छ भने १३ लाख ४७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।








प्रतिक्रिया राख्नुहोस्