तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा लागुऔषध सहित एक युवा पक्राउ

कैलाली । कैलालीको टीकापुरमा लागु औषध सहित एक यूवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरको गस्ती टोलीले वडा नम्बर ७ बैदीका १९ वर्षका रोशन बुढालाई पक्राउ गरेको छ । उनलाई आज दिउसो ४ बजे तिर १ सय ४८ थान ट्याब्लेट सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारी दिनुभयो ।

सो लागुऔषध उनले भारतीय नागरिक तिकुनियँ बन्दिपुरका जगदीस कुमारबाट खरिद गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरिक्षक बमले बताउनु भयो । पक्राउ परेका बुढालाई लागुऔषध कारोवार अन्र्तगत मुद्दा चलाउने प्रहरी निरिक्षक बमले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button