बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी

झापा । जिल्ला प्रशासन कार्यालय, झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
बिर्तामोड–५ मा समुदाय स्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्ति चोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैङ्क, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको हो ।

प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दे सङ्क्रामक रोग सम्बन्धी ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा गरेको जानकारी गराएको छ । निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ ।
शिवताक्षी नगरपालिकामा समेत १५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्