तपाईँ सुन्दै हुनुहुन्छः

भारी परिणामका काठ सहित दुई जनालाई पक्राउ


बर्दिबास । डिभिजन वन कार्यालय महोत्तरीले बर्दिबासस्थित दुई फर्निचर उद्योगमा छापामारी गरेर भारी परिणामका काठ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका—१ का सोमबहादुर बलम्पाकी र भिमबहादुर पूर्वछाने रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले बताउनुभयो ।

बर्दिबास नगरपालिका वडा नं. १ र ३ मा रहेको दुई फर्निचर उद्योगमा वन कार्यालयले छापामारी तयारी अवस्थामा रहेको झ्याल, ढोकाको चोक र चिरान गरिएको सालको काठ सहित ५८ क्यूफिट काठ बरामद गरिएको हो ।

बर्दिबास नगरपालिका—१ स्थित गोपाल फर्निचरमा वन कार्यालयका कर्मचारी ग्राहक बनी झ्याल तथा ढोका किन्ने पुगेका थिए । सोही क्रममा त्यहाँबाट दुई जनालाई २७ क्यूफिट काठ र काठ चिर्ने मेसिन सहित दुई जनालाई पक्राउ गरिएको थियो ।

त्यस लगतै बर्दिबास—३ गौरीडाँडास्थित पिपल बोटेको फर्निचर उद्योगमा गोप्य सूचनाको आधारमा वन सुरक्षाकर्मी टोलीले छापामारी गरेको थियो । वनको टोलीलाई देखेपछि फर्निचर सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल फरार भएको वन कार्यालयले जनाएको छ । उनको फर्निचरबाट चिरानका काठ र तयारी झ्याल तथा ढोकाको चोकट सहित ३१ क्वीफिट सालको काठ बरामद भएको छ । फरार भएका फर्निचर सञ्चालक रम्तेल र भुजेलको खोजी कार्य भइरहेको छ ।

लकडाउन खुलेसँगै सुस्ताएको अवैध काठ तस्करी तथा बिक्री वितरण बन्दाबन्दी फेरी बडेसँगै वनका काठ तस्करी बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button