लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि
रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा बुधवार बिहानसम्म स्वास्थ्यकर्मी र कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये सात जना स्वास्थ्यकर्मी हुन् भने तीन जना प्रशासनका कर्मचारी हुन् ।
अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार अस्पतालको प्रशासन शाखामा कार्यरत एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै अस्पतालकै स्टोर शाखामा कार्यरत दूई जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्