स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–३ सीताराइस मिल नजिक लु२६प १४५५ नम्बरको स्कुटर पल्टिँदा स्कुटर चालक तिलोत्तमा–२ शंकर नगर बस्ने शङ्कर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्