बाँकेमा थप छ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगञ्ज । बाँकेमा आज थप छ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको सङ्ख्या छ सय ६० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज होटेल सिटी प्यालेस आइसोलेसनबाट पाँच जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट एक जना कोरोना निको भई डिस्चार्ज भएको हुन् ।
फोकल पर्सन श्रेष्ठका अनुसार हाल आइसोलेसनमा बाँकेका एक सय ७९ र अन्य जिल्लाका एक जना गरी एक सय ८० जना रहेका छन् ।
बाँकेमा हालसम्म कुल आठ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरसको संक्रमणबाट बाँकेमा हालसम्म पाँच जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठ बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्