तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण : गण्डकीमा आज बिहान ३२ जना थप

पर्वत -गण्डकी प्रदेशमा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान दुई पटक प्रेश विज्ञप्ती प्रकाशित गरि संक्रमित थपिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार लमजुङमा २३ जना, नवलपुरमा ७ जना, कास्कीमा २ जना संक्रमित थप भएका छन् । संक्रमित हुनेमा सबैभन्दा बढि लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका स्थित नेपाल आर्मीमा कार्यरत २३ जना पुरुष रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका ११ का १ जना पुरुष र मादी गाउँपालिका ७ का १ जना पुरुष पनि संक्रमित भएका छन् । नवलपुरको गैँडाकोट नगरपालिका १ का १ जना महिला, गैँडाकोट नगरपालिका १३ का २ जना पुरुष र कावासोती नगरपालिका वडा नम्बर ८ का १ जना पुरुष, कावासोती वडा नम्बर १४ का १ महिला र वडा नम्वर १६ का २ जना पुरुष संक्रमित भएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्वर ११ का एक जना साईअर्चना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ भने मादी गाउँपालिका ७ का एक जना संक्रमित दुवईबाट आएका पुरुष हुनुहुन्छ ।

नवलपुरको गैँडाकोटका २ जना भारतबाट आएका व्याक्ति हुन् । बाँकी सबै जना कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका संक्रमित हुन् । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ९४५ पुगेको छ भने निको हुनेको संख्या एक हजार ६४३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button