तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज-बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयोे ।

संक्रमित ती विरामीको दुवै फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ । छातीको समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पिसिआर परिक्षणका लागि स्वाब लिइएको थियो । हिजो दिउँसो तीन बजे आएको रिपोर्टमा उनमा कोरोना देखिएको थियो ।

अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको गएराति साढे १ बजे मृत्यु भएको हो । यसअघि नेपालगन्ज, कोहलपुर, नरैनापुर र बैजनाथमा एक एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button