तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंका केही ठाउँमा आज दिनभरी विद्युत् कटौती हुने

काठमाडौ-नेपाल विद्युत् प्राधिकरणले आज बुधबार काठमाडौंका केही ठाउँमा दिनभरी विद्युत् कटौती गर्ने भएको छ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न ठाउँमा आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

विजुलीको लाइनको आसपासका रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सोल्टी मोड, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्मा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउराली लगायत ठाउँमा विद्युत् कटौती हुने प्राधिकरणका सूचना अधिकारी लिला कुमारी अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button