नगर क्षेत्रमा एक हप्ता निषेधाज्ञा जारी
मुगु-मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक जना कर्मचारीमा सोमबार कोरोना देखिएपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा नगर क्षेत्र बुधबार बिहान बाट लागु हुने गरी १ हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।
गमगढी बजारमा भिडभाड हुने स्थान तथा जिल्ला अस्पताल कै कर्मचारीमा कोरोना पोजेटिप देखिएपछि कोरोना संक्रमण समुदाय स्तरसम्म पुगेको छ की छैन भनेर पत्ता लगाउन छायाँनाथ रारा नगर क्षेत्रमा बुधबारबाट पुर्णरुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले आदेश जारी गर्नु भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० गते बुधबारबाट जिल्ला सदरमुकाम गमगढीमा सरकारले खुल्ला गर्नु भनेका आपतकालिन सेवा दिने व्यवसाय,संस्था तथा कार्यालय बाहेक सबै कारोवार ७ दिन सम्मका लागी पुर्ण रुपमा बन्द गर्न सहमति दिएको थियो ।
कारोना संक्रमित स्वास्थ्य सेवा कार्यालय मै देखिएकाले सात दिन पछि त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको स्वाव संकलन गरि परिक्षण गर्न जुम्ला पठाउनका लागि छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजार क्षेत्रका प्रत्येक घरधुरीका कम्तिमा एक जनाको आरडिटी परिक्षण गर्ने ,नगरक्षेत्रसंगमा प्रवेश गर्ने बुलबुले,रारा,आँसिधारा र लुम्स नाकाहरुमा अन्तर पालिका तथा अन्तर जिल्लाबाट आवत जावतमा रोक लगाउने,एक वडाबाट अर्को वडामा तथा एक घरबाट अर्को घर जान रोक लगाउने,नगरपालिका र जिल्ला स्वास्थ्य सेवा कार्यालयले पिसिआर किड खरिद गर्ने,परिक्षणको दायरा बढाउने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौला जानकारी गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्