घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका ११ बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तान विरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्माणाधीन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएकोे पाइएकाले दुवैजना विरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
यस्तै अख्तियारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोभ र मतियार महेन्द्रप्रसाद यादव विरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख घुस मागेको आरोपमा बिगो माग दाबीसहित कारवाहीका लागि मुुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्