तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरो पीडितको कोरोना परिक्षण हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो पीडितको कोरोना परिक्षण हुने भएको छ । लिदीबाट बाँसखर्क स्थानान्तरणको क्रममा केही व्यक्तिको कोरोना परिक्षण गरिन लागेको हो ।

अस्थायी बसोवासका लागि बाँसखर्क स्थानान्तरण भएका १७२ परिवारका केही व्यक्तिको कोरोना परिक्षण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो ।

लिदीमा गएको पहिरामा परी ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता भएका छन् । बेपत्ताको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button