ट्याक्टरको ठक्करबाट शसस्त्र प्रहरी ह्वल्दारको मृत्य
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा ट्याक्टरको ठक्कर बाट एक जना प्रहरी ह्वल्दारको मृत्यु भएको छ ।
मधुबनि बरहथवा सडकखन्ड अन्तर्गत रामनगर ७ गडहियामा नम्बर नखुलेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा मोटर साईकल चालक शसस्त्र प्रहरी १० नम्बर गणमा दरबन्दि रहि छतौना बेसक्याम्पमा कार्यरत वर्ष ३१ का प्रहरि हबलदार दिलिप चौधरिको उपचारको लागि मलंगवा तर्फ लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरि कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मिले जानकारी दिए ।
नम्बर नखुलेको ट्याकटरले मोटसाईकललाई ठक्कर दिई फरार रहेको ट्याकटर चालकलाई बलरा नगरपालिका वडा नं. ७ बाट ट्याकटर र चालक लाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कुर्मीले बताए ।
ट्याक्टरको ठक्कर बाट ज्यान गुमाउने हबलदार चौधरिको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको र ठक्कर दिने ट्याकटर र चालक बलरा ९ का राकेश चौधरिको छोरा बर्ष १६ को रंजन चौधरि लाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्