झापामा ब्राउन सुगरसहित एकजना पक्राउ
झापा । झापामा लागू्रऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बाह्रदशी–३ का अमिन मोहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा बाह्रदशी गाउँपालिका ३ का २३ वर्षीय अमिन मोहमदलाई बाह्रदशी–२ स्थित बिरिङ खोलाको किनारमा ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शंका लागी चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ६.५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको र कारवाहीका लागि मोहमदलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रवक्ता डिएसपी राकेश थापाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्