खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान
सल्यान । सल्यान जिल्ला चामल, गहुँ र मकैमा लगायतका खाद्यान्नमा आत्मनिर्भर बन्दै गएको छ ।
गत आर्थिक वर्ष २०७६–०७७ मा ९७ हजार ६ सय ६४ मेट्रिक टन खाद्यन्न उत्पादन भएकोमा जिल्लामा खपत भई ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताउनु भयो ।
जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १ सय ४ मेट्रिक टन धान, ५१ हजार १ सय ७३ मेट्रिक टन मकै,२९ हजार १३८ मेट्रिक टन गहुँ, ९ सय २१ मेट्रिक टन कोदो र ३ सय २५ मेट्रिक टन जौं उत्पादन भएको छ ।
जिल्लामा धेरै जमिन अँझै बाँझो रहेको र बाँझो जमिनलाई उपयोगमा ल्याउन सक्ने हो भने उत्पादन बढने देखिएको छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २ सय १ किलो खाद्यान्न आवश्यक पर्ने कृषि विकास कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्