तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरी थप २ जनाको मृत्यु 

महोत्तरी । महोत्तरीमा कोरोना भाइरस (कोभीड–१९) बाट मगलबार थप दुई जनाको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार जना पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट बलवा नगरपालिका ३ का ६६ वर्षीय पुरुष र मनराशिस्वा नगरपालिका ५ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो । ७५ बर्षिय पुरुष क्यान्सरबाट ग्रसित रहेको खुलेको छ । मृतक दुवैको गत हप्ता स्वाब परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको फोकल पर्सन झाले जानकारी दिनुभयो ।

मृतक दुवै जनाको नेपाली सेनाले शव ब्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा जिल्लाकै मटिहानी नगरपालिकाका एक र महोत्तरी गाउँपालिका डाम्हि ३ का एक गरी दुई जनाको मृत्यु भइसकेको छ ।

मृतक चारै जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको भएपनि मृतक सबै लाामो समयदेखि दीर्घरोगले ग्रसित रहँदै आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा सोमबारसम्म १ हजार १ सय १८ मा कोरोना संक्रमण पुष्टि भैसकेको छ । महोत्तरी भदौ १० गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button