तपाईँ सुन्दै हुनुहुन्छः

एफएमलाई नै आईशोलेशन बनाएर रेडियो प्रशारण

वीरगन्ज । कोरोना संक्रमित बनेपछि अहिले वीरगञ्ज स्थित नारायणी एफएमका सन्चारकर्मी तथा कर्मचारीहरुले एफएमलाई नै आईशोलेसन बनाएर रेडियोको प्रसारणलाई निरन्तरता दिएका छन् ।

वीरगञ्ज स्थित नारायणी एफएमका सन्चारकर्मी र कर्मचारी गरी ७ जना रेडियोकर्मी कोरोना संक्रमित भएका छन् । ती मध्ये स्टेशन प्रमुख क्रान्ति शाह भने साउन ३० गते कोरोना मुक्त भइ अहिले घरमै स्वास्थ्यलाभ लिइरहनु भएको छ ।

अरु संक्रमित ६ रेडियोकर्मी मध्ये १ जना प्राविधिक घरकै आइशोलेसनमा छन् । भदौ ६ गते संक्रमण पुष्टि भएका ५ जना रेडियोकर्मीले भने एफएम स्टेशनमै आइशोलेन बनाएर रेडियोको प्रशारणलाइ निरन्तरता दिइरहेको नारायणी एफ एमका कार्यकारी अध्यक्ष गोबिन्द देबकोटाले बताउनुभयो ।

अहिले नारायणी एफएममा कोरोना संक्रमित भएका सन्चारकर्मी शिवनाथ यादव सहितको टोलीले समचार तथा कार्यक्रमहरु निरन्तर रुपमा प्रशारण गरिरहेका छन् ।

त्यसैगरी वीरगञ्जको सान्बी एफएमका प्रबन्ध निर्देशक नवराज फुयाँल सहित कार्यक्रम प्रमुख हेमन्त तामांग समेत संक्रमित भई उपचारार्थ नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा रहनु भएको छ ।

कोरोना संक्रमणको कारण अहिले पर्सामा १३ जना सन्चारकर्मी संक्रमित भएको स्थानिय प्रशासनले जारी गरेको पछिल्लो प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button