तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट बारामा २ जनाको मृत्यू

बारा । बारामा कोरोनाबाट २ जनाको मृत्यू भएको प्रहरीले जानएको छ ।

मृत्यु हुनेहरुमा बारा वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारत बाराको सुवर्ण गाउपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षिय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

यादवको बिहान ६ बजे र साहको बिहान ९ बजे मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ । पछिल्लो मृत्यूसँगै जिल्लामा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button