तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी घेराबाट भाग्दा लडेर कैदी घाईते


ओखलढुंगा । प्रहरी घेराबाट भाग्दा ओखलढुंगामा एक कैदी लडेर घाईते भएका छन् । कर्तव्य ज्यान मुद्दामा ओखलढुंगा कारागारमा रहेका सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल प्रहरी घेराबाट भाग्न खोज्दा लडेर घाईते भएका हुन् । उनको हात, खुट्टा र ढाँडमा चोट लागेको छ ।

मंगलबार प्रहरी घेराबाट उम्किएर सडकबाट तल हामफालेका रम्तेललाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार ओखलढुंगा जिल्ला अदालतमा पेशीका लागि लगेर फर्कदै गर्दा प्रहरी घेराबाट भाग्न खोज्दा लडेर घाईते भएको कारागार प्रमुख चुडामणी अर्यालले बताउनुभयो । घाईते रम्तेललाई ओखलढुंगा स्वास्थ्य चौकीमा सामान्य उपचार गरी कारागारमा राखिएको छ । उनि यस अघि पनि प्रहरी घेराबाट पटक–पटक भाग्ने प्रयास गरेका थिए ।

गतवर्ष फागुनमा मोलुङ गाउँपालिका–६ को पेशल आधारभुत विद्यालयकी शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या गरेको आरोपमा रम्तेल र उनकी श्रीमती पक्राउ परेका थिए । रम्तेल विरुद्ध ओखलढुंगा जिल्ला अदालतमा थुन छेकको मुद्दा चलिरहेको छ ।

मोलुङ गाउँपालिका–५ स्थायी घर भएकी शिक्षिका कटुवालको विद्यालय जानेक्रममा बाटोमा हत्या भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button