कर्णालीमा नदिमा वगेर दुई वालक वेपत्ता

दैलेख । आज दिउसो कर्णाली नदीमा वगेर दुई वालक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा आठविस नगरपालिका–४ भेल्तडी १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको प्रहरीले जनाएको छ । वाख्रा चराउन गएका उनीहरु कर्णाली नदी पौडी खेल्ने क्रममा वगेर वेपत्ता हुन पुगेको स्थानीय डम्वर माझीले जानकारी दिनु भयो ।
कर्णाली नदीमा वगेर वेपत्ता ति दुईजनाको खोजीका लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्