दमकका १८१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आयो
झापा । झापाको दमक नगरपालिकाका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर जाँचका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिनुभयो ।
पछिल्लो एक साता यता स्वाब परीक्षण गरिएका उनीहरुको रिपोर्ट आज आएको र ती मध्ये २८ जनाको रिपोर्ट भने आउन बाकी रहेको बताइएको छ । पछिल्ला दिनमा संक्रमण देखिएका बिद्युत प्राधिकरण कार्यालय, जीवन बिकास टोल, टेलिकम कार्यालय, मालपोत कार्यालय र क्वारेन्टाइनमा बस्दै आएकाहरुको नमुना परीक्षण गरिएको थियो ।
यसैवीच कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत २२ संक्रमितको पनि नमुना पठाएकोमा ९ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्