भेरी अस्पतालमा १५ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताल प्रयोगशालामा गरिएको आरटी पिसिआर परिक्षणमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका ९ र बर्दियाका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका एक जना, एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक जना, नेपालगञ्जको वडा नम्बर ४ का ३ जना, वडा नम्बर १ र ९ का १र१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । यी मध्ये ६ सय ५४ जना निको हुँदा ४ जनाको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका ४ जना तथा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका १र१ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय नमुना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।








प्रतिक्रिया राख्नुहोस्