तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले घर पुर्दा बाग्लुङमा एक युवतिको मृत्यु


बाग्लुङ। अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बाग्लुङको ढोरपाटनमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नं. २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा १९ वर्षीया पूजा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथि देखि गए राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको भण्डारीले बताउनु भएको छ । मृतक परियारका घरका अन्य सदस्य अर्को घरमा सुतेका कारण उनीहरूको ज्यान बचेको वडा अध्यक्ष युवराज महतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button