तपाईँ सुन्दै हुनुहुन्छः

मुगु जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

मुगु । मुगु जिल्ला अस्पताल मङ्गलवार देखि लागु हुने गरी १ हप्ताका लागि इमर्जेन्सी बाहेकका अन्य सबै खाले सेवाहरू १ हप्ताका लागि बन्द गरिएको छ । सोमवार स्वास्थ्य कार्यालयमा कार्यरत एक जना कर्मचारीमा पिसिआर रिपोट पोजेटिभ आएपछि अस्पतालमा कार्यरत कर्मचारी र जनमानसमा कोरोना महामारीको रूपमा नफैलियोस् भन्ने उद्देश्यले एक हप्ताका लागि अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर निर्मल नगरकोटिले जानकारी दिनु भयो ।

मुगु जिल्ला अस्पतालका चिकित्सक, नर्स, अनमी, सुरक्षाकर्मी र केही गमगढीका स्थानीयबासीहरु गरी ६२ जनाको स्वाब सङ्कलन गरी पिसीवर परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको मा ६१ जनाको नेगेटिभ रिपोट आए पनि १ जनाको भने पोजेटिभ रिपोट आएको थियो । निज सङ्क्रमितको अवस्था हाल सामान्य रहे पनि कोरोना सङ्क्रमित ब्यतिm लाई अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोनालाई समुदाय स्तरमा नफैलियोस् भनेर स्थानीय प्रशासन, नेपाल प्रहरी र स्थानीय निकाय छायानाथ रारा नगरपालिका को समन्वयमा मुगुको सदरमुकाम गमगढी बजार पनि केही समयका लागि सिल गर्ने तयारी भइरहेको छ ।

मुगु जिल्ला खतेड गाउँपालिकामा ३ जना यस अघि नै सङ्क्रमित थिए भने जिल्ला भरिमा पछिल्लो रिपोट अनुसार जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ, भने खतेड गाउँपालिकामा २ जना निको भएर घर फर्किसकेका छन् भने १ जना राता पानीको आइसोलेसनमा रहेका छन् भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button