तपाईँ सुन्दै हुनुहुन्छः

उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर

वीरगन्ज । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका वडा नं ४ सुपौली निवासी ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको थियो । आइतबार राति नै वीरगन्जको तराई हस्पिटलबाट रिफर गरी ल्याइएको केहिबेरमै वृद्धले ज्यान गुमाएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनु भयो । सोही दिन उहाँको कोरोना संक्रमण परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो ।

गए राति आएको रिपोर्टमा मृतकको कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका शनिवार भर्ना भएका वृद्धमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

एक्स–रे गरेर हेर्दा दुई वटै फोक्सोमा निमोनिया देखिएको तराई अस्पतालले जनाएको छ । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार नआएपछि उहाँलाई कोभिड अस्पतालमा रेफ गरिएको थियो । मृतकमा निमोनिया, खोकी मुटु सम्बन्धी समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button