भीमदत्त नगरपालिकाले खरिद गरेको पीसीआर मेसिन सञ्चालनका लागि सरोकारवाला पक्षहरुबीच छलफल
कञ्चनपुर । भीमदत्त नगरपालिकाले खरिद गरेको पीसीआर मेसिन सञ्चालनका लागि सरोकारवाला पक्षहरुबीच छलफल भएको छ । आज भीमदत्त नगरपालिकामा सुदूरपश्चिम प्रदेश सभा सदस्यसहित बसेको बैठकमा मेसिन सञ्चालन सम्बन्धि छलफल भएको हो ।
छलफलमा मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशालाको व्यवस्थापन महाकाली अस्पतालले गर्ने र आर्थिक व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिएको छ । अस्पतालको बिरामी कुरुवा घरमा प्रयोगशाला स्थापना गरी मेसिन जडान गर्ने निर्णय गरिएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिनु भएको छ । उहांले महाकाली अस्पताललाई प्रयोगशाला स्थापनाका लागि चाहिने उपकरण खरिद गर्ने जिम्मेवारी समेत दिएको बताउनु भएको छ । पीसीआर मेसिन संचालनका बारेमा आज नगरपालिकामा सबै सरोकावाला बीच छलफल भएको वताउनु भएको छ ।
मेसिन संचालनका लागि प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयमा आर्थिक व्यवस्थापनका लागि डेलिगेशन जाने निर्णय सहित आगामी बैठकको तयारीका लागि आजको बैठक राखिएको उनले बताउनु भएको छ ।
उनले बैठकबाट प्रयोगशाला स्थापनाका लागि चाहिने उपकरण खरिदका लागि अस्पताल इकाईले खरिद प्रक्रिया अघि बढाउने सक्ने गरि निर्णय भएको बताए । यस्तै बैठकमा जिल्ला समन्वय समितिका समितिका संयोजक फैरु तामाङलाई स्थानीय तथा प्रदेश सरकारसहित अन्य सरोकारवाला निकायसित समन्वय गरी दुई दिनभित्र बैठक बस्ने निर्णय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्