तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालका दुई जना चिकित्सकलाई कोरोना

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमित विरामीको उपचारमा खटिएका भेरी अस्पताल नेपालगञ्जमा कार्यरत दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालका कोभिड–१९ फोकल पर्सन बरिष्ठ फिजिसियन डा.संकेत रिसाल र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । डा.रिसालले उच्च ज्वरो आएपछि र डा.पाण्डेले ज्वरोसंगै रुघाखोकी लागेपछि कोरोना परिक्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button