सुनसरीमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुनसरी । जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न ठाउको प्रहरी कार्यालयहरूमा रहेका २१ जना थुनुवा सहित सुनसरीमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज मंगलबार थपिएका थुनुवाहरू कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १ जना, इटहरी उपमहानगरका २ जना, भोक्राहाका ६ जना, इनरुवाका १ जना र बराहाक्षेत्र नगरपालिकाका ३ जना गरी २१ जना थुनुवा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले बताउनुभयो ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिकाका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना गरी आज मात्रै सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका हुन ।
यस सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ८५ पुगेको छ भने २ सय ६ जना निको भएर घर फर्किएका यसै गरी २ सय ७९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका लिङ्थेपले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्