तनहुँमा एउटै वडाका समुदायका ६ जनामा कोरोना संक्रमण पुष्टि
तनहुँ । तनहुँको भानु नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका वडा नं १ का ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिएका ६ जना संक्रमित मध्ये २ जना पुरुष र ४ जना महिला हुन ।
भानु नगरपालिका वडा नं १ का ४६ र ६३ वर्षीय पुरुष र ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । मंगलबार थपिएका सबै समुदायका व्यक्ति हुन् ।
कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब पठाइएकामा ६ जनामा पोजिटिभ देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
भानुमा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
केहि समय अघि भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट भानु नगरपालिका वडा नं १ कै २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्