बाँकेको बागेश्वरी डाईग्नोष्टिक सेन्टरमा कोरोना परीक्षण गर्ने बढे

बाँके । कोहलपुरस्थित बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गएर कोरोना भाइरस परीक्षण गराउने बढेका छन् । बाँकेमा निजी स्वास्थ्य निकायमा बागेश्वरीले कोरोना परीक्षणको मान्यता पाएको छ ।
सरकारले अनुमति पाएका निजी प्रयोगशालाहरूलाई कोरोना परीक्षण गर्न पाउने सरकारले स्वीकृति दिएपछि सर्वसाधारणहरू कोरोना परीक्षण गराउन आउने गरेका छन् । पश्चिम नेपालको कोहलपुर–१० रामनगरमा रहेको बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले मात्र निजी स्तरमा नेपाल सरकारबाट कोरोना भाइरस परीक्षणको अनुमति र स्वीकृति पाएको छ ।
बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरका सञ्चालक विश्व भण्डारीले सरकारले तोकेको ५ हजार ५ सय रुपैंया शुल्क लिएर कोरोनाको परीक्षण गरिरहेको र तुरुन्त रिपोर्ट दिँदै आएको बताउनुभयो ।
झन्डै एक करोड २५ लाखको लागतमा स्थापना गरिएको कोरोना ल्याबमा जो सुकै आएर पनि कोरोना परीक्षण गराई ढुक्क हुन सक्ने सञ्चालक भण्डारीको भनाई रहेको छ ।
सरकारी स्तरमा भेरी अस्पतालमा मात्र कोरोनाको परीक्षण गरिदैं आएको छ । बागेश्वरीले कोरोना परीक्षणका लागि नेपालगन्जमा यूनाइटेड अस्पताल र दाङको मालिका मेडिकल हल एण्ड प्याथोलोजीलाई तोकिएको छ ।
बिरामीको चाप अत्यधिक भएर कोरोना परीक्षण समयमै नहुँदा सर्वसाधारण मानसिक तनावमा रहेकोले सबैको समस्यालाई ध्यानमा राखेर कोरोना परीक्षण ल्याब राखेको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले भने त्यस्तो समस्याको अन्त्य भएको छ । सर्वसाधारणले परीक्षण गराई मनको तनाव र ज्यानको जोखिम हटाउन सकेका छन् भने धेरै जना भएको खण्डमा परीक्षणका लागि स्वाब लिन सम्बन्धित ठाउँमा समेत पुगेर परीक्षण गर्ने गरेको उनको भनाई रहेको छ ।’








प्रतिक्रिया राख्नुहोस्