तपाईँ सुन्दै हुनुहुन्छः

२ पत्रकार सहित कपिलवस्तुमा थप २० कोरोना पोजेटिभ

कपिलवस्तु । कपिलवस्तुमा थप २० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससङै जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार ६५ पुगेको छ । मङ्गलवार पुष्टि भएका सङ्क्रमित सबै तौलिहवाका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मङ्गलवार पुष्टि भएकामा दुई जना पत्रकार समेत रहेका छन् । यससङै जिल्लामा ६ पत्रकार सङ्क्रमित भएका छन् । जसमध्ये ४ जना निको भई घर फर्किसकेका छन् ।

आज पुष्टि भएका २ सरकारी शिक्षक र एक बोर्डिङ स्कुलका शिक्षक, बिद्युतका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेवी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य सङ्क्रमित भएका छन् ।

यस्तै किराना पसल एक, एउटै मेडिकल पसलका दुई, सशस्त्र प्रहरी एक, इन्जिनियर एक, महाराजगन्ज नगरपालिकाका एक कर्मचारी, सुनचाँदी पसलका एक जना तथा ३ जना समुदाय स्तरका संक्रमति रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । गत भदौ ३ गते बुद्धपदम मा.वि. देखि संकलन गरिएको १ सय ७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button