तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसन तोडफोडमा संलग्न चार पक्राउ

संखुवासभा । संखुुवासभा जिल्ला अस्पताल खाँदबारीले स्थानीय हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

यसअघि क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा सोही क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button