तपाईँ सुन्दै हुनुहुन्छः

पूजारी हत्यारामाथि कडा कारवाहीको माग 

जनकपुरधाम । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नंं २ खेसरहीयाका हनुमान मन्दिरका पूजारी बाबा श्रीराम साहका हत्यारालाई करवाहीको माग गर्दै हिन्दू परिषद् नेपाल धनुषाले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

परिषदका नगर अध्यक्ष मिथिलेश झाको अगुवाईमा पुगेका परिषदका पदाधिकारीले पूँजारी साहलाई शहीद घोषणाको माग गर्दै हत्यामा संलग्न जो कोही भएपनि फासीको सजाँय दिनुपर्ने, सन्त, महन्थको सुरक्षा ग्यारेन्टी तथा अतिक्रमण मुक्त सहितको माग अगाडि बढाउै ज्ञापनपत्र बुझाएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ज्ञापनपत्र बुझदै कारवाहीका लागि केन्द्रमा पठाउने जानकारी दिनुभयो ।

पाँच दिन अगाडी खाना खाने बेलामा अज्ञात समूहरुले गोली हानी साहको हत्या गरेका थिए । यसपछि साधु सन्त समाज पनि त्रसित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button