फुटबलर रिजालको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । भारतको दोस्रो डिभिजन लिग खेल्न कोलकत्ता पुगेका अभिषेक रिजालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोलकत्ता पुगेपछि गरिएको कोरोना परिक्षणमा अभिषेकको रिपोर्ट नेगेटिभ आएको हो ।
कोलकत्ता पुगेपछि शनिबार अभिषेकको स्वाब लिईएको थियो । उक्त स्वाबको रिपोर्ट नगेटिभ आएको अभिषेकले जानकारी गराए । राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेक गत बुधबार भारत गएका थिए ।
स्थलमार्ग हुँदै भारत गएका अभिषेक कोलकत्ता बाट प्लेनमा गएका थिए । अभिषेकले गत बुधबार मोहम्मेदन स्पोर्टिङ क्लबसँग तीन वर्षको सम्झौता गरेका थिए । सम्झौता रकम भने खुलाईएको छैन ।
सम्झौता अनुसार क्लब शीर्ष डिभिजनमा उक्लिएको खण्डमा उनले सोही क्लबमा तीन वर्ष बिताउने छन् । क्लबको बढुवा नभएको खण्डमा भने क्लबले आवश्यकता अनुसार उनलाई रिलिज गर्ने बताईएको छ ।
भारतीय फुटबल फेडेरेसनले कोरोनाको महामारीकाबीच रोकिएको लिग पुनः सुचारु गर्ने तयारी गरेको छ । मिति भने तय भैसकेको छैन । यद्यपि मोहम्मेदनले मंगलबारबाट अभ्यास सुरु गर्नेछ ।
सन् १८९१ मा स्थापित क्लब पहिलो पटक शीर्ष डिभिजनमा बढुवा हुने योजनामा रहेको छ । सोही अनुसार उसले ठुलो लगानी गरेको छ ।
कोरोनाको कारण लिग स्थगित हुनु अघि मोहम्मेदनले ६ खेलबाट १२ अंक जोडेको छ । २ खेलमा पराजित मोहम्मेदन शीर्ष स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्