तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा ४३ प्रहरीमा कोरोना संक्रमण

कपिलवस्तु । समुदायमा कोरोनाको संक्रमण फैलिएसंगै सुरक्षा निकायमा पनि संक्रमण बढेको छ ।

कपिलवस्तुमा समुदायस्तरमा धमाधम कोरोना संक्रमण फैलिएपछि अहिले नेपाल प्रहरीका ८ सय ४७ प्रहरीमध्ये हालसम ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाको संक्रमण रोकथाममा चैत्र ११ देखि सरकारले गरेको लकडाउन पछि हालसम्म ४३ जनामा कोरोना संक्रमण भइसकेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

४३ प्रहरी मध्ये ६ जना निको भई काममा फर्किसकेका छन् भने ३७ जनामा सक्रिय संक्रमित रहेको बताइएको छ ।

संक्रमित प्रहरी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेशन र २४ जना प्रहरीको तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालयको आइसुलेशनमा उपचार भइरहेको कपिल प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

लकडाउन पछिको पछिल्लो एक महिनाको अवधीमा संक्रमितको संख्या बढेको हो । प्रहरीमा संक्रमण बढेसंगै धेरै प्रहरी आइसोलेट छन् भने केही निको भएर काममा फर्केका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कोरोनाको सामान्य लक्षण देखिएका प्रहरीको मात्र पिसीआर जाँच गराउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button