नेप्से १४३१.६० विन्दुमा
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक २१.२६ अंकले बढेर १४३१.६० विन्दुमा पुगेको छ ।
नेप्से बढ्दा सोमबार कारोबार रकम २ अर्ब नाघेको छ । सोमबार कुल १८२ कम्पनीका २ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका हुन् ।
अनलाइन मार्फत शेयर खरिद बिक्रीको आदेश दिई अनलाइन मार्फत नै भुक्तानी गर्ने व्यवस्थामा लगानीकर्ताहरु अभ्यस्त हुँदा बजारले गति लिएको हो ।
२ अर्बभन्दा बढीको कारोबार भएको शेयर बजारमा सोमबार नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ६० लाख रुपैयाँ बराबरको सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको १० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्