तपाईँ सुन्दै हुनुहुन्छः

साँफेबगर नगरपालिका एक हप्तासम्म पूर्ण सिल हुने

अछाम । अछामको साँफबगर नगरपालिका एक हप्ताको लागि पूर्ण रुपमा शिल हुने भएको छ । मंगलबार बेलुकी ७ बजेबाट नगरपालिकाका १४ वटै वडा पूर्ण रुपमा शिल गरिने नगरपालिकाले जनाएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएर जोखिम बढ्दै गएपछि एक हप्ताको लागि नगरपालिकालाई पूर्ण रुपमा शिल गरिन लागेको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था बाहेक सम्पूर्ण पसल, व्यवसाय, कार्यालय पूर्ण रुपमा बन्द रहने, वैक तथा वित्तिय संस्था, किराना पसल, तरकारी, पानी, ग्यास लगायत सम्पूर्ण व्यवसाय भाद्र १७ गतेसम्मको लागि बन्द हुने नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

अत्यावश्यक कामबाहेक सामान्य हिडडुल समेतमा कडाइ गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button