दोधारा चाँदनीमा प्रहरीमाथि हातपात, चार पक्राउ
कञ्चनपुर । दोधारा चाँदनीमाथि प्रहरीमाथि हातपात गरिएछि चार जना पक्राउ परेका छन् । महाकाली नगरपालिका ८ सुन्दरनगरमा सोमबार विहान ११ बजे स्थानीय गणेश खत्रीलाई कुटपिट गरिएपछि सुन्दरनगर पुगेका प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारमाथि हातपात गरेका हुन् ।
प्रहरी सहायक निरीक्षक दान सिह धामीले खत्रीसित कुटपिटको विषयमा सम्झाउन खोज्दा धामी सहित हवल्दार रमेशराज भारतीमाथि गरिएको हो । प्रहरीमाथि हातपात गरिएपछि स्थानीय शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको छ । उनीहरु सबै १८ देखि २० वर्षसम्मका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले प्रहरीमाथि हातपात भएपछि पक्राउ गरिएको बताउनु भएको छ ।
प्रहरीले पक्राउ परेका चारै युवामाथि सार्वजनिक अपरापधको मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक थापाले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्