रुकुम पश्चिममा एउटै कार्यालयका १० जनामा कोरोना सङ्क्रमण पुष्टि

तुलसीपुर । रुकुम पश्चिममा कोलेनिका कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यस अघि गएको साउन २८ गते नेपालगन्जबाट रुकुम पश्चिम पुगेका कार्यालय प्रमुखको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
कार्यालय प्रमुखको सम्पर्कमा आएका कर्मचारीको पिसिआर रिपोर्ट परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिए ।
कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कनट्र्याक्ट ट्रेकिङमा समेत समस्या देखिएको छ । कर्मचारीको सम्पर्कमा पुगेका सेवाग्राहीसम्म पुग्नुपर्ने भएकाले कनट्र्याक्ट ट्रेकिङमा समस्या देखिएको हो ।
त्यसै गरी ३ जना सुरक्षाकर्मी, २ जना भारतबाट फर्किएका र अन्य ३ जना सानोभेरी गाउँपालिकाका स्थानीयवासी समेत गरेर सोमबार मात्रै १८ जनामा कोरोना देखिएको छ । त्यसै गरी कोरोनाको संक्रमण फैलिन नदिन त्यस क्षेत्रमा सिल गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्