तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीले थाल्यो गाँजा नष्ट गर्ने अभियान


मुगु । मुगु जिल्लाभरिमा नेपाल प्रहरी, सामुदायिक प्रहरी र स्थानीय जनप्रतिनिधिका साथै सञ्चारकर्मीको सहयोगमा गाँजा नष्ट अभियान थालिएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा गाँजाका बोटहरू नष्ट गर्ने काम थालिएको नेपाल प्रहरीले जनाएको छ । जिल्ला भरिका १ नगर सहित ४ वटै स्थानीय निकायका ४५ वटै वडामा रहेका गाँजाका बोटहरूलाई नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिका साथै नागरिकहरूको सहयोगमा गाँजा नष्ट गर्ने कार्यक्रमका लागि पत्राचार गरिसकिएको मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिनु भयो । आफू मुगु आउने बित्तिकै लागु औषध मुक्त जिल्ला बनाउने आफ्नो प्रमुख लक्ष्य अनुसार अभियान थाल्दा १४ जना लागु औषध कारोबारी र सेवन गर्नेलाई पक्राउ गरी कारर्वाही गरी सकिएकाले अहिले जिल्लामा लागु औषध ओसारपसार र सेवन पुन नियन्त्रणमा रहेको बताउनु भयो ।

पछिल्लो समय अधिकांश युवाहरू भाङ, गाँजा, अत्तर हुँदै लागु औषधमा फस्नेको सङ्ख्या बढ्दै गएकाले समाजमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दे गाँजा, अत्तर लगायत अन्य लागु औषध सेवनमा कमी ल्याई दुर्वेसनिमा फस्न नदिन टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल सरकार गृह मन्त्रालयले गाँजा नष्ट अभियान देशभरि लागु गरेको पनि शाहले जानकारी दिनु भयो ।

मुगु जिल्लाका १ वटा नगर सहित ४ वटै स्थानीय निकायमा गाँजाका बोटहरू नष्ट गर्ने अभियान रहेको बताइएको छ । सोमवार छायानाथ रारा नगरपालिका वडा नं १ स्थित श्री महाकाली नमुना माध्यमिक विद्यालय को नजिकैको भवनको पछाडि पट्टिको तलतिर जाने बाटोको दायाँबायाँको भागमा रहेको गाँजाका बोटहरू नष्ट गर्ने काम छायानाथ रारा नगरपालिका वडा नं १ का वडा अध्यक्ष लोकबहादुर हितानको रोहवरमा सुरु गरिएको थियो । गाँजा नष्ट अभियानमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका पदाधिकारी, स्थानीय युवा र संचारकमीकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button