तपाईँ सुन्दै हुनुहुन्छः

बारामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि


बारा । बारा जिल्लामा आज थप ९२ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना भाइरस संक्रमण देखिनेमा कलैया उपमहानगरपालिकाका ७३ जना, जीतपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगन्ज आयल निगमका १६ जना, परवानीपुर बहुअरीका एक जना र काठमाडौँमा चेक गराएको पालीका नखुलेको २ जना अन्य गरी ९२ जना कोरोना पोजेटिभ रहेको जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

कलैया उपमहानगरपालिकामा भाद्र ३ र ४ गते गरी तीन सय ४३ जनाको स्वाब सङ्कलन गरेको मध्ये ७३ जना पोजेटिभ पाइएको कलैया उपमहानगरपालिकाले जनाएको छ । कोरोना संक्रमण हुनेमा कार्यालयका इन्जिनियर, वडाध्यक्ष र सर्वसाधारणहरू रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button