तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप १६ संक्रमित थपिए

मकवानपुर । हेटौंडामा आइतबार १६ जना कोरोनम संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार १२ पुरूष र ४ महिला थपिएका हुन् ।

उहाँका अनुसार हेटौंडा ४ मा ९, २८ र २२ वर्षका पुरूष गरी ३ जना, हेटौंडा ५ मा ५०, ६८, ४०, ४३ वर्षका पुरूष र ४८ वर्षकी महिला गरी ५ जना, हेटौंडा ८ मा ४१ वर्षका १ पुरूष, हेटौंडा ९ मा ३८ वर्षका पुरूष र ३७ वर्षका महिला गरी २ जना, हेटौंडा १० मा ४७ वर्षका पुरूष र ३७ वर्षका महिला गरी २ जना, हेटौंडा ११ मा ६३ वर्षका पुरूष र ९३ वर्षका महिला गरी २ जना संक्रमित रहेका छन् ।

साउन ३२, भदौ १ र भदौ २ गतेको ९३ जनाको स्वाब नमूना जाँचको तथ्यांक सार्वजनिक गरीएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button