तपाईँ सुन्दै हुनुहुन्छः

एक साताका लागि कपिलवस्तुमा पुन लगडाउन 

कपिलवस्तु । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तुमा पुन एक साताका लागि लकडाउन थपिएको छ ।

आइतबार राति १२ बजेसम्मका लागि लकडाउन गरिएकोमा आगामी भदौ १५ गते सम्मका लागि थपिएको हो । गत साउन २२ गतेबाट जारी लकडाउन यो चौथो पटक थपिएको हो ।

जिल्लामा १ हजा १५ कोरोना संक्रमति रहेको मध्ये पछिल्लो समय १ सय ७७ जना सकृय संक्रमित छन् । समुदायस्तरमा तीव्र रुपमा संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि थप एक साता लकडाउन थपिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारापण पौडेलले बताउनुभयो । सो निर्णयपछि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द छन् ।

सरकारी कार्यालय, बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । बैकिङ संस्थालाई भने स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड अनुसार कार्यालय समयमा बिहान ८ देखि १० बजेसम्मका लागि न्युनतम कर्मचारीले आवश्यक सेवा प्रवाह गर्न दिईन भएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button