नेप्से परिसूचक करिब १ प्रतिशतले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक करिब १ प्रतिशतले बढेको छ । यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ ।
आइतबार नेप्से परिसूचक १२.७७ अंक अर्थात ०.९१ प्रतिशतले बढेर १ हजार ४१०.३४ विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम १ अर्ब नाघेको छ ।
उपत्यकामा निषेधाज्ञाका कारण गत साताको अन्तिम कारोबार दिन थोरै मात्र कारोबार भएको बजारमा यस दिन १८४ कम्पनीको १६ हजार ५७९ पटकको कारोबारमा १ अर्ब १० करोड ८० लाख ५३ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ६६२ कित्ता शेयरको किनबेच भएको छ ।
यस दिन कारोबार रकमका आधारमा नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।
स्टकमा आइतवार प्राइम लाइफ इन्स्योरेन्सको १२.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको २५ लाख ९ हजार ९२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।








प्रतिक्रिया राख्नुहोस्