प्रतिकारमा चितुवा मारियो
लमजुङ । लमजुङमा एक व्यक्तिले आफूलाई आक्रमण गर्ने चितुवाको प्रतिकार गर्दा एक चितुवा मारिएको छ ।
बेसीशहर नगरपालिका–९, साम्दीका ६३ वर्षिया हरिबहादुर थापा आईतबार विहान करिव ८ बजे घरनजिकैको खेतमा घाँस काट्ने क्रममा अचानक चितुवाले आक्रमण गरेपछि प्रतिकार गर्दा चितुवा गरिएको हो ।
पूर्व सैनिक समेत रहेका थापाले चितुवाले आक्रमण गरेपछि हसियाले हानेर चितुवालाई मारेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख मोहनराज काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार प्रचलित कानुन अनुसार वन्यजन्तु मार्न नपाईने व्यवस्था भएपनि घटनाको प्रकृति अनुसार आक्रमणको प्रतिकार गर्दा वन्यजन्तु मारिएमा भने कानुनी कारवाही नहुने काफ्लेको भनाई छ ।
चितुवाले आक्रमण गर्दा दुवै हातमा चोट लागेका थापाको जिल्ला समुदायिक अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिकार गर्दा मारिएको चितुवालाई डिभिजन वन कार्यालयले व्यवस्थापन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्