बागमतीमा बेपत्ता भएका ३ बालिका मध्ये १ जनाको शव फेला
वीरगन्ज । रौतहटको धरमपुर घाटस्थित बाग्मती नदीमा आज बिहान ऋषि पञ्चमीको अवसरमा नुहाउन गएका तिन जना बालिकाहरू डुबेर बेपत्ता भएकोमा एक जना बालिकाको शव आज अपराह्न फेला परेको छ ।
ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजे गढीमाई नगरपालिका वडा नम्बर ७ स्थित बाग्मती नदिको धरमपुर घाटमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाहरू मध्ये स्थानीय भदै मुखियाकी १० बर्षीया छोरी पिंकु कुमारी मुखियाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिनुभयो ।
पिंकुको शव डुबेको स्थान बाट करिब २५ मिटर दक्षिण पानीमुनि रहेको अवस्थामा प्रहरीले नदीबाट निकालेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
नदीमा डुबेर बेपत्ता भएका लक्षुमण दासको १२ बर्षिया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० बर्षिया छोरी चन्चल कुमारी मुखियाको खोजी कार्य भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय समनपुरका प्रहरी सहायक निरीक्षक क्षेत्र बहादुर बडूवालको कमान्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी कार्य जारी राखेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
बागमति मदिना अहिले पानीको बहाव उच्च रहेको र खोजी कार्यमा कठिनाइ भइरहेको खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्