बाराका स्थानीय तहहरूले आफ्ना कर्मचारीहरूको कोरोना बिमा गरे

बारा । बाराका स्थानीय तहहरूले आफ्ना कर्मचारीहरूको कोरोना बिमा गराएका छन् । कर्मचारीहरू कोरोना सङ्क्रमित भएपछि बिमाबाट आर्थिक लाभ लिनका लागि कोरोना बिमा गराएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्ना दुई सय ३७ जना कर्मचारीहरूको कोरोना बिमा गरेको छ । उपमहानगरपालिकामा कार्यरत ९२ जना स्वास्थ्यका कर्मचारी सहित २ सय ३७ जनाको कोरोना बिमा गरिएको उपमहानगरपालिकाको कोरोना फोकल पर्सन जितन ठाकुरले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण देखिएका १२ जना स्वास्थ्यकर्मीहरूको कोरोना बिमा तत्कालै गर्न नमिल्ने भएकाले कोरोना बिमा नगरिएको ठाकुरले बताउनुभयो ।
बाराको १६ वटा स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, निजगढ नगरपालिका र पचरौता नगरपालिकाले आफ्ना कर्मचारीहरूको प्रत्येक कर्मचारी एक लाखको कोरोना बिमा गराएका छन् । स्थानीय तहका कर्मचारीहरूमा कोरोना देखिन थालेपछि बाराका स्थानीय तहहरू आफ्ना कर्मचारीहरूलाई कोरोना बिमा गराउन थालेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्