सुनसरीमा ४४ प्रतिशत संक्रमित निको
सुनसरी । सुनसरीमा कुल संक्रमित संख्या मध्ये झण्डै ४४ प्रतिशत बिरामी निको भएर घर फर्किए छन् ।
१६ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएका ४ सय ३३ जना मध्ये १ सय ९० जना कोरोनाका बिरामी निको भएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा रहेका संक्रमितकोे संख्याको अनुपातमा ४३ दशमलव ९ प्रतिशत बिरामी निको भएका हो ।
सुनसरीमा कोरोना संक्रमित दर प्रति १ हजार जनसंख्या बराबर ० दशमलव ४९ प्रतिशत रहेको सुनसरीमा संक्रमित संख्याको अनुपातमा ० दशमवल ४६ प्रतिशत अर्थात २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
सुनसरीमा पीसीआर परीक्षण गरिएका मध्ये कोरोना पोजेटिभ भेटिने दर २ दशमलव ५७ प्रतिशत रहेको प्रति १ हजारमा परीक्षण दर भने १९ जना रहेको सुनसरीमा कुल जनसंख्या ८ लाख ८८ हजार ७ सय ३० मध्ये अहिले सम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
सबैभन्दा बढी संक्रमितको संख्या भने धरानमा रहेको जहाँ संक्रमितको संख्या १ सय १४ धरानमा २ जनाले ज्यान गुमाएका त्यसैगरी इटहरीमा ७९ जनामा संक्रमण पुष्टि भएको बराहक्षेत्रमा १२, इनरुवामा १५, दुहवीमा ६० जनामा संक्रमण देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्