तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा पुनः एक साताका लागि लकडाउन थप

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको उच्च जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले एक साताका लागि बन्दाबन्दी ( लक डाउन) लाई निरन्तरता दिने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको निर्णय पछि जिल्ला प्रशासन कार्यालय धनुषाले आजै पुनः जिल्ला भरि लागु हुने गरि एक साताका लागि बन्दाबन्दीलाई निरन्तरता दिईएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

साउन ३२ गते राति १२ बजेदेखि जिल्ला भरि लकडाउन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो । आजको निर्णय पछि भदौ १४ गते मध्य रातिसम्म बन्दाबन्दी रहने भएको जिल्ला प्रशासन कार्र्यालय धनुषाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशचन्द्र मिश्रले जानकारी दिनु भयो ।

आज राति १२ बजे देखि लागु हुने बन्दाबन्दी फेरि कोरोनाको अवस्थालाई विश्लेषण गरेर पुनः निर्णय लिने भएको छ । यसै गरि विहान १० बजेसम्म बजार तथा पसलहरु सुरक्षा सावधानी सहित खुल्ला रहने जनाएको छ ।

साउन ३२ भन्दा अगाडी दुई सातासम्म निषेधाज्ञा आदेश नै जिल्लाको जनकपुधाम उपमहानगरपालिका तथा क्षिरेश्वरनाथ नगरपालिकाको केही क्षेत्रमा लागु भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button